Wednesday, June 17News That Matters

भारत पिथौरागढमा जिप दुर्घटना हुँदा एक नेपालीको मृत्यु

पूर्णपुष्टि, फागुन ६ । भारतको पिथौरागढ जिल्लास्थित तवाघाट(लिपुलेक सडक खण्डको मान्ती क्षेत्रमा जिप दुर्घटना हुँदा एक जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा एक नेपालीसहित ४ जना घाइते भएका छन् ।

शुक्रबार अपराहन्न साढे ४ बजे यूके ०५ त २६८१ नम्बरको जिप दुर्घटना हुँदा व्यास गाउँपालिका(२ दुम्लिङका अन्दाजी ३० वर्षीय रूकुमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय महेन्द्रसिंह बुढाथोकीले जानकारी दिए ।

गर्वाधारबाट धारचुला आउँदै गर्दा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा मालिकार्जुन गाउँपालिका(८ पस्तीका अन्दाजी ४० वर्षीय प्रेमसिंह खत्री घाइते भएका छन् । उनलाई उपचारका लागि पिथौरागढ रिफर गरिएको छ। मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि भारतीय सेनाको एम्बुलेन्सले धारचुला अस्पतालमा पुर्‍याएको छ ।