Tuesday, June 30News That Matters

भारतबाट सलहको झुण्ड नेपाल आउने सम्भावना बढ्यो

पूर्णपुष्टि, असार ३१

भारतबाट सलहका झुण्डहरु नेपाल आउने सम्भावना बढेको छ । उत्तर प्रदेशमा रहेका सलहका झुण्ड जतिसुकै बेला पनि नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले आग्रह गरेको हो ।

सिमावर्ती क्षेत्रका विभिन्न ठाउँमा फैलिएका झुण्ड ठूलो सङ्ख्यामा भने नभएको जनाईएको छ । थोरै सङ्ख्यामा पनि विभिन्न ठाउँमा छरिएर बसेका हुनाले हावाको गतिसँगै नेपाल आउने सम्भावना बढेको जनाईएको छ ।

सलहको झुण्ड प्रदेश २ को सर्लाही तथा धनुषा, प्रदेश ५ र सूदूरपश्चिमबाट प्रवेश गर्ने सम्भावना छ । यो भन्दाअघि नेपाल आएका झुण्डहरु भने अहिले रुकुम पश्चिम तथा बाग्लुङ र म्याग्दीको सिमानामा केही मात्रामा देखिएका छन् ।

प्रतिकूल हावापानीका कारण धेरै सलह तितरवितर भएका र केही मरेका हुन सक्छ । बाग्लुङ र रुकुम पश्चिमबाहेक अरु ठाउँमा देखिएको खबर भने नआएको जनाएको छ ।

हावाको दिशा विपरीत सलह उड्न नसक्ने भएकाले हावाको चाप र दिशाकै कारण भारतबाट नेपाल प्रवेश गरेका र फेरि आउने सम्भावना रहेको जनाएको छ ।