
पूर्णपुष्टि, जेठ २४ गते ।
अमेरिकी प्रहरीका कारबाहीको झल्को दिने भारतमा एक घटना घटेको छ ।
गत हप्ता अमेरिकी प्रहरीको एउटा भिडियो भाइरल भयो जुन एक प्रहरी अधिकारीले एक अश्वेत व्यक्तिलाई जमिनमा लडाएर गर्धनमा घुँडाले दबाएको थियो । यस भिडियो सार्वजनिक भएपछि अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भएको थियो ।
यस्तै घटना भारतको राजस्थानमा पनि घटेको छ । पछिल्लो समयमा एक प्रहरी अधिकारीले घुँडाले एक व्यक्तिको गर्धन दबाएको र उसलाई पिटेको भिडियो भाइरल भएको छ ।
प्रहरी अधिकारीको रिपोर्टको अनुसार राजकार्यमा वाधा गरेकोप्रति मुद्दा दर्ता गरेर उसलाई गिरफ्तार गरेर न्यायिक हिरासतमा पठाइएको संचारमाध्यमहरुले जनाएको छ ।
प्रहरीको दुव्र्यवहारमा मुकेश प्रजापत परेको हो । छोरालाई भेट्दा उसको लुगा रगतले लतपतिएको र हात फ्र्याक्चर भएको मुकेशका बुवा महादेव प्रजापतले बताएको जनाईएको छ । प्रहरीसँग गुहार माग्दा प्रहरीले एक्स–रे समेत नगरेको बताएका छन् ।
मुकेशलाई न्यायिक हिरासतमा पठाइएको जनाएको छ । ऊ ईएसआई अस्पतालमा भर्ना भएको भएप्नि कोरोनाको बहनामा उसलाई भेट्न पनि दिइएको छैन । भिडियोमा पहेँलो रङ्गको टिशर्ट लगाएका, जमिन दबिएका मुकेश कुमार प्रजापत तीन बच्चाका बाबु हुन् । उनी मजदुरी गर्छन् ।
बिहीबार उनी मजदुरी गर्न घरबाट जाँदै गर्दा कथित रुपमा मास्क नलगाएको विषयलाई लिएर विवाद उत्पन्न भएको भिडियो भाइरल भयो । तर भिडियो भन्दा अघि प्रहरी अधिकारी आफैले बनाएको भिडियोमा मुकेशले मास्क लगाएको देख्न सकिन्छ ।
मुकेशले मास्क लगाएको भए पनि प्रहरी अधिकारीले उनीसँग पैसा माग्दा प्रहरी अधिकारीसँग बहस हुदा उल्टै कुटाइ खाएको मुकेशका बुवाले बताएका छन् ।
