
एजेन्सी
पूर्णपुष्टि/बैशाख, २९
भारतमा एकैदिन ४ हजार २ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संक्रमण संख्या भारतमा आज सम्मकै ठुलो संख्या हो । पछिल्लो समय भारतमा पनि उच्च संक्रमण र मृत्युको दर बढ्दै गएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २ सय १३ जना नयाँ संक्रमित भेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहान ८ बजेसम्म भारतमा कोरोना भाइरस संक्रमित कुल संख्या ६७ हजार १ सय ५२ पुगेको छ ।
संक्रमित संख्या वृद्धि आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको रणनीति र अर्थव्यवस्थालाई कसरी अगाडि लैजाने भन्ने बारेमा छलफल गर्न मुख्यमन्त्रीहरूसँग भेट गर्ने भएका छन् ।
संक्रमणबाट यो अवधिमा ९७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण कुल २ हजार २ सय ६ जनाले ज्यान गुमाइसकेका छन् ।भारतमा भेटिएका धेरै संक्रमितहरु महाराष्ट्र, गुजरात, दिल्ली र तमिलनाडु राज्यबाट रहेका छन् ।
