Wednesday, July 1News That Matters

भारतमा एकै दिन ३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि,चैत १५

पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोरोना संक्रमीत बढ्न थालेको छ । भारतमा सन् २०२१ मा पहिलो पटक एकैदिन कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएका ३ सय १२ जनाको मृत्यु भएको छ । टाइम्स अफ इन्डियाका अनुसार गत वर्षको डिसेम्बर २४ यता पहिलो पटक  यति धेरै कोरोना  संक्रमीतको मृत्यु भएको हो ।

पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ ।  शनिबार मात्रै त्यहाँ ६२ हजार  ५ सयजनामा संक्रमण पुष्टि भएको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार रहेको छ ।

भारतमा अहिलेसम्म १ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने  १ लाख ६१ हजार जनाको मृत्यु भएको छ ।