Monday, June 22News That Matters

भारतमा एकैदिन १ लाख ६९ हजारमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, चैत ३० 

भारतमा एकैदिन एक लाख ६८ हजार ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

गत २४ घण्टामा थप ९ सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । त्यस्तै संक्रमणबाट एक लाख ७० हजार १ सय ७९ को मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ ।

भारत संक्रमित संख्याको आधारमा पुनः दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । ब्राजिलमा एक करोड ३४ लाख ८० हजार संक्रमित फेला परेका छन् । सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म तीन करोड ११ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।