Tuesday, April 21News That Matters

भारतमा एकैदिन २ लाखमा कोरोना सङ्क्रमण पुष्टि

बैशाख २

भारतमा पछिल्लो २४ घण्टामा झण्डै दुई लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको जनाइएको छ ।

कोरोना भाईरसको संक्रमण तिब्र रुपले फैलिदै गएपछि भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ ।

सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्रै कर्मचारीले सेवा दिने छन् । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, उत्तर प्रदेश, पन्जाब, महाराष्ट्र लगायत क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएको छ । यी क्षेत्रका केही सहरमा लकडाउन छ भने केही ठाउँमा कडा प्रतिबन्ध लागू गरिएको छ ।