Monday, June 29News That Matters

भारतमा एकैदिन ४३ हजार सङ्क्रमित पुष्टि

पूर्णपुष्टि, चैत ८

भारतमा एकैदिन ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा भारतमा १ सय ९६ जनाको कोराना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको जनाईएको छ ।

कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा भएको जनाईएको छ ।