
पूर्णपुष्टि, भदौ ५
भारतमा एकै दिन ६८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ हजार पाँच सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको संचारमाध्यमहरुले जनाएको छ ।
त्यस्तै भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट नौ सय ८१ जनाको मृत्यु भएको जनाईएको छ । भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ भने ५४ हजार नौ सय ७५ जनाको मृत्यु भईसकेको छ ।
