
पूर्णपुष्टि, भदौ १२
भारतमा एकै दिन ७७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७७ हजार दुई सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म ३० लाख ३९ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर वर्ल्डोमिटरले भने भारतमा अहिलेसम्म ३३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणबाट ६१ हजार सात सयभन्दा बढीको मृत्यु भएको जनाईएको छ ।
भारतमा उक्त सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा बढी निको भएर घर फर्किएको जनाईएको छ ।
