
पूर्णपुष्टि, बैशाख १५ गते ।
भारतमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित २६ हजार नौ सय नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ९ सय ७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २६ हजार नौ सय १७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा देखिएका सङ्क्रमितहरूमध्ये पाँच हजार नौ सय उपचारपछि निको भएर घर फर्किएका छन् भने २० हजार एक सय ७७ जना कोरोना संक्रमित बिरामी अस्पतालमा उपचार गराईराखेका छन् । भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्न थामको लागी लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
