Monday, June 29News That Matters

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार नाघ्यो

पूर्णपुष्टि, असार २७

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ८ लाख २० हजार नाघेको छ । आज बिहानसम्म भारतमा ८ लाख २० हजार ९ सय १६ जना भन्दाबढी सङ्क्रमित भएको जनाईएको छ ।

उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा २७ हजार १ सय १४ जना नयाँ सङ्क्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण ५ सय १९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

उक्त संक्रमित मध्ये अहिलेसम्म ५ लाख १५ हजार ३ सय ८६ जना उपचारपछि निको भएका छन् भने २२ हजार १ सय २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।