Friday, June 19News That Matters

भारतमा ट्रकले ठक्करदिँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु

पूर्णपुष्टि, कार्तिक १८ । भारतमा ट्रकले ठक्करदिँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ । ट्रकले ठक्करदिँदा सुर्खेतको चौकुने गाउँपालिकाका–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवारको मृत्यु भएको चौकुने–७ का वडा अध्यक्ष धनिराम धमलाले जानकारी दिए ।

कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । वडाअध्यक्ष धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराइरहेको र उनलाई भेटेर फर्किने बेला ट्रकले ठक्कर दिएको हो । मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारतमै थिए । चौकुने घरमा बुढा बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाध्यक्ष धमलाले बताए ।