
पूर्णपुष्टि, माघ ५
कुनै समय कोरोनाको हस्पोट बनेको भारतमा फेरी संक्रमण तिव्र फैलिन थालेको छ । दोस्रो लहरको कोरोनाले तहस नहस बनाएको भारतमा तेस्रो लहरमा पनि फेरी तिव्र फैलिएको छ ।
दोस्रो लहर सकिएर केहि शान्त भएको कोरोनाले भारतमा फेरि उग्र रुप लिन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिव २ लाख ८२ हजारमा कोरोना संक्रमण फैलिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन हिजोको तुलनामा १८.९ प्रतिशतले बढी हो । त्यस्तै, उक्त अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका ५ राज्यमा कर्नाटक शीर्ष स्थानमा छ । त्यहाँ ४१ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै, दोस्रो स्थानमा रहेको महाराष्ट्रमा पछिल्लो २४ घण्टाभित्र ३९ हजार २०७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । केरलमा २८ हजार ४८१, तमिलनाडुमा २३ हजार ८८८ र गुजरातमा १७ हजार ११९ जना नयाँ सक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् । यसबाहेक, कोभिड संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ ।

