
पूर्णपुष्टि, कार्तिक १३ । भारतको आन्ध्र प्रदेशको विजयनगरमा दुई रेल एक आपसमा ठोक्किँएर दुर्घटना भएको छ । रेल दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ५० जना घाईते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल एक आपसमा ठोक्किएको हो । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।
