Wednesday, May 6News That Matters

भारतले अतिक्रमण गरेको जमिन यकिन गर्न सरकारलाई निर्देशन

भदौ ८ गते ।

छिमेकी भारतसँग तत्काल कुरा गरेर अतिक्रमण गरेका जमिनको अवस्था यकिन गर्न र सिमास्तम्भ पुनःस्थापित गर्न प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

सीमा क्षेत्रमा भारतले बनाउन लागेको सडक र बनाएको तटबन्धले वर्षेनी बाढी र डुवान हुदै आएकाले झनै खतरा बढ्ने बिवरण पेश गर्दै सांसदहरुले तत्काल वार्ता थाल्न आग्रह गरेको थियो । यसपछि समितिले ५ बुँदे निर्देशन दिएको हो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।