Sunday, June 28News That Matters

भारतिय रुपैया सहित १ जना पक्राउ

पूर्णपुष्टि,फागुन १४

बिराटनगरमा भारतिय रुपैयाँसहित एक युवा पक्राउ परेको छ । भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी–१० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित पक्राउ गरिएको हो ।

बिहीबार बेलुका पौने ५ बजे बिराटनगर–१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका शकालागेपछि सिंहलाई पक्राउ गरेको थियो । पक्राउ गरेको सिंहलाई चेकचाँज गर्दा उनको साथबाट भारतिय रुपैयाँ ५०० दरको नोट ३८८ थान, २००० दरको नोट २६ थान गरि जम्मा भारतिय रुपैया २ लाख ४६ हजार सहित नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धानको लागी भन्सार कार्यालय बिराटनगर बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।