
पूर्णपुष्टि, असार २ गते ।
लद्दाखमा चिनिया र भारतीय सेनाबीच गतराति भएको भिडन्तलाई चीनले औपचारिक प्रतिक्रिया दिएको छ ।
भारतीय सैनिकहरूले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको चिनियाँ विदेश मन्त्रालयले बताएका छन् ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरे अनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेको छ । चीनतर्फको क्षति बारे उल्लेख गरिएको छैन ।
‘भारतीय सैनिकहरूले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लङ्घन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरेको जनाईएको छ ।
समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपङ्तिका सैनिकहरूलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’
विदेश मन्त्रालयले दुवै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको पनि स्मरण गराएका छन् ।
