Tuesday, June 9News That Matters

भालुको आक्रमणबाट १ जना बालक घाइते

पूर्णपुष्टि, कात्तिक २२

डोटीमा भालुको आक्रमणबाट एक जना बालक घाईते भएको छ । दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोलका ९ वर्षीय टेकबहादुर पार्की घाइते भएको हो ।
घाइते बालकको दायाँ हातको पाखुरा र टाउकोमा भालुले आक्रमण गर्दा गहिरो चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको जनाईएको छ । पाकरीमा भालुले बर्सेनि आक्रमण गर्ने गरेको छ ।