
पूणर्पुष्टि, कार्तिक १६
भिटेनल भर्खरै सार्वजानिक गरेको पारा बोलको गिततको चौतर्फि आलोचना र प्रहरीले गितको अनुसन्धान थालेपछि भिटेनले माफी मागेका छन् ।
उनले आफ्नो गितमा रहेको शब्दहरुले बिभिन्न क्षेत्र र व्यक्तिहरुलाई असर पुगेको भन्दै माफी मागेको हुन् । गितको शब्दहरुमा अपशब्द रहेको भन्दै प्रहरीले गितको अनुसन्धान समेत सुरु गरेका थिए ।

प्रहरीको अनुसन्धान र भिटेनको माफि सँगै गितलाई संशोधनपछि पुनः रिलिज गरिने भएको छ ।
गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गरेर मात्रै प्रकाशित गर्ने जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतमा अपशब्द रहेको स्वीकार्दै विभिन्न निकायहरुमा असर पुगेका कारण यस प्रति क्षमा प्राप्ति रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरूपमा अपलोड नगर्न आग्रह समेत गरिएको छ ।

