
पूर्णपुष्टि, असार ३
संखुवासभामा ट्रिफर भिरबाट खस्दा एकजनाको घटना स्थलमै मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । चिचिला गाँउपालिका–३ स्थित निर्माणधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा ट्रिफरमा सवार धनकुटाका २२ वर्षीय दिपेश भटराईको घटना स्थलमै ज्यान गएको हो । त्यस्तै ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० वर्षीय नवराज श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।
बुधबार बेलुका ९ बजे ट्रिफरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई भिरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी बेश पुखुवा दोभानबाट प्रहरी टोली खटि गई घाईतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
