Tuesday, August 18News That Matters

भिरबाट लडेर एक जनाको ज्यान गयो

पूर्णपुष्टि, साउन २४

संखुवासभा मकालु गाउँपालिका–३ स्थित नयाँ बस्तीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भोजपुर नगरपालीका–२ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ वर्षीय खड्ग बहादुर गुरुङको ज्यान गएको हो ।्

शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट अचानक लडी अन्दाजी ६०÷७० मिटर तल झरी मृत अबस्थामा गुरुङको शव आज बिहान ११ बजे फेला परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।