Thursday, May 28News That Matters

भिरबाट लडेर कार्कीको मृत्यु

भोजपुर, बैशाख १४ गते ।

भोजपुरको पौवादुम्मामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पौवादुम्मा–४ कात्तिके निबासी ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।

आफ्नै खेतबाट पराल बोकेर घर फर्कनले क्रममा हिजो बेलुका ८ बजे बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट लडेर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोबाट करिब ३५ मिटर तल खसेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी  कार्यालयले भोजपुरले जनाएको छ ।