
ओखलढुंगा,जेठ ९ गते ।
ओखलढुंगामा भिरबाट लडेर पासाङ फुरी शेर्पाको मृत्यु भएको छ । च्याउ खोज्न गएका सिद्धिचरण–७ दोल्पु बस्ने ४५ बर्षीय शेर्पाको लडेर मृत्यु भएको हो ।
घरबाट हिजो दिउँसो ५ बजे जंगलमा च्याउ खोज्न गएका शेर्पा खर पाखाबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
च्याउन खोज्न गएका शेर्पा अबेर सम्म पनी घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी प्रहरीमा खबर गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
