Wednesday, May 27News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

ताप्लेजुङ, माघ २१ गते । 

ताप्लेजुङको पाथिभरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पाथिभरा याङवरक गाउँपालिका–२ माङजाबुङ निबासी २६ बर्षीय उदय लिम्बुको मृत्यु भएको हो।

घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुकासम्म घर नफर्केपछी खोजतलास गर्ने क्रममा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला पारी घर ल्याएपछि राती १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए तत्काल प्रहरी टोली घटना स्थल पुगी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।