
पूर्णपुष्टि, जेठ २६ गते ।
गतराती परेको भीषण वर्षाले काठमाण्डौँको केही बस्ती डुबानमा परेको छ । वाग्मती, विष्णुमती, बल्खु खोला लगायतका नदी र खोला आसपासका केही बस्ती डुवानमा परेको हो ।
बागबजार, कुलेश्वर लगायतका ठाउँका बस्तीहरु पनि जलमग्न भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहानै वर्षा रोकिएपछि नदीरखोलामा आएको बाढी र बस्तीमा जमेको पानी घट्न थालेको छ ।
