
पूर्णपुष्टि, कार्तिक १८ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । शुक्रबार मध्यराति ११:४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको गएको थियो ।
प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार १३२ जनाको मृत्यु र १४० जना घाइते भएका छन् । जाजरकोटमा ९५ जनाको मृत्यु र ५५ जना घाइते भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । रूकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते भएको रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भईरहेको छ भने केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।
