Friday, May 1News That Matters

भूईमा लत्रिएको तारमा परी ९ वर्षीय बालकको ज्यान गयो

पूर्णपुष्टि, भदौ १६

भईमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना ९ वर्षीय बालकको ज्यान गएको छ । डाक्नेश्वरी नगरपालिका–१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो । लत्रेको नाङो तारबाट करेन्ट लाग्दा उनका ९ वर्षीय छोरा अर्जुनको ज्यान गएको हो ।

गोठमा खेल्ने क्रममा लत्रिएको विद्युतको नाङो तारबाट  बालकलाई करेन्ट लाग्दा उन गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाईते भएका बकालकलाई उपचारका लागि कल्याणपुरतर्फ लाग्ने क्रममा बाटोमै ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।