
पूर्णपुष्टि, असोज ३० गते ।
पर्यटकको मन तान्दै लगेको बेलका नगरपालिका–५ खयरवनी स्थित भूत्याहा दहको प्रचारप्रसारका लागि व्याड्मिन्टन प्रयोगिताको आयोजना गरिएको छ । दशैंतिहारसमेतको अवसर पारेर असोज १६ गतेदेखि व्याड्मिन्टन् प्रतियोगिता सुरु गरिएको हो ।
भूत्याहा दह संरक्षण तथा सम्बद्र्धन विकास समितिको अयाोजना तथा बेलका नगरपालिका खेलकुद विकास समतिको आर्थिक आयोजनामा सञ्चालन भएको प्रतियोगिता राईजिङ र खुल्ला गरी दुई इभेन्टमा खेलाईएको छ । प्रतियोगितामा विभिन्न ठाउँका ६० जोडी भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएको छ । बेलका, चौदण्डी, त्रियुगा, फत्तेपुर लगायतका खेलाडीहरुको सहभागिता छ । खेलाडीहरुलाई भूत्याहा दह चिनारी लेखिएको भेष्ट वितरण गरिएको छ ।

प्रतियोगिता सुरु भएको दुईदिनसम्म राइजिङतर्फको पहिलोचरणको खेल सञ्चालन भई बाँकी खेल स्थगित गरी दशैंपछि कात्र्तिक १ र २ गते सञ्चालन गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सौहाद्रपूर्ण र भब्यरुपले सञ्चाल भएको प्रतियोगिताका प्रमुख रेफ्री सन्तोष कटुवालले बताउनुभयो ।

प्रतियोगिताले खेलको विकास संगै, विशेषगरी भूत्याहा दहको प्रचारप्रसारले व्यापकता पाएको छ । नयाँ ठाउँका खेलाडीहरुले भूत्याहा दहको बारेमा चासो राख्दै सोधीखोजी गर्ने र भूत्याहा दहसम्म नै पुगेर हेरेका छन् । नुहाउने, पौडी खेल्ने र त्यहाँको प्राकृतिक रमणीय वातावरणको आनन्द प्रत्यक्ष अनुभूती लिएका छन् ।
