
पूर्णपुष्टि, चैत्र २
बैद्धिक शक्तिले भरिपूर्ण रहेको सद्गुरुगोरखनाथ शिव मन्दिर भोजपुरमा पनि बन्ने भएको छ । सद्गुरुगोरखनाथ बाबाको अशिर्वाद र शक्ति निर्देशनमा भाजेपुरमा पनि यो मन्दिर बनाउन लागिएको हो ।
बिभिन्न बिषेश शक्तिको रुपमा उत्पति हुँदै आएको गोरखनाथ बाबा शिवले ठाउँ बिषेश तरिकाले शक्ति उत्पति गर्दै आउनुभएको भन्दै शक्ति पहिचान गरी भोजपुरमा पनि मन्दिर निर्र्माणको लागि सिल्यान्यास भएको छ ।
छुट्टा छुट्टै बिषेशतामा शक्ति उत्पति गर्दै आउनुभएको भन्ने आधारमा बिभिन्न ठाउँमा मन्दिर निर्माणको काम हुँदै आएको छ ।
त्रान्त्रिक विधिबाट देशको बिभिन्न ठाउँहरुमा ५ ओटा मन्दिर निर्माणको काम हुँदै आएको गोरखनाथ कल्यान केन्द्र नेपालले जनाएको छ ।
छुट्टाछुट्ै शक्तिको बिषेशतामा यो मन्दिर बिभिन्न ठाउँहरु सँग सम्बन्ध रहेको भन्दै हाल ३ ओटा मन्दिरहरु निर्माण गरिसकेको छ । अहिले सम्म नेपालको शिखरकोटमा पालुङ्ग मन्दिर, बिजयपुरमा धार्के मन्दिर र सिन्धुलीमा कुकेश्वर मन्दिर निर्माण गरिसकेको केन्द्रले जनाएको छ ।
प्रकृति सुद्धिकरण गर्न मुख्य ३ चिज सौर्य उर्जा, बायु उर्जा र धर्ति उर्जा चाहिने भएकाले गोरखनाथ बाबाको शक्तिलाई बिभिन्न ठाउँहरुमा संरक्षण गर्न मन्दिरहरु निर्माणका कार्य भईरहेको छ ।
भविष्यमा धार्मिक क्षेत्रको एक ठुलो र छुट्टै पहिचान दिन सक्ने भन्दै यसले नेपालमा पर्यटकको गन्तव्य र लक्ष्यलाई समेत सफल पार्ने पर्यटन व्यवसायी तथा यस केन्द्रका भोजपुर शाखा संयोजक राजेश श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार सिन्धुलीमा रहेको कुकेश्वर मन्दिरलाई पहिलो प्राथामिकता राखि अन्य ठाउँहरुमा पनि मन्दिर निर्माण भईरहेको बताउनुभयो ।
कुकेश्वर मन्दिरले बिभिन्न ठाउँहरुमा शक्ति सन्चय गर्दै आईरहेको र त्यो एक केन्द्र विन्दुको रुपमा निर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।
सिन्धुलीमा पहिलो चोटी ज्योति लिङ्ग उत्पति भएको र त्यहाँ चै ब्रम्हा र बिष्णुले पनि तपस्या गरेको भन्ने विश्वास रहेको छ । त्यहाँ दैविक शक्ति उत्पन्न हुँदा दोलखाको भिमसेनलाई पसिना आउने, हलेसीमा आफै घण्टी बज्ने, सिद्धकालीमा बाघ कराउने र पाथिभारामा ठुलो हुरी आउने गरेको भन्ने बिवश्वास छ । यी बिभिन्न शक्ति बिषेशरुपी गोरखनाथ मन्दिर शक्ति संञ्यको लागि पनि सिन्धुलीको कुकेश्वर मन्दिर निकै महत्व र बिषेश मन्दिरको रुपमा मानिन्छ ।
सिन्धुलीको कुकेश्वर मन्दिर सौर्य उर्जा शक्तिको बिषेशता भएको मन्दिर हो भने वायु उर्जा संञ्चालनको लागि शिखरपुरको पालुङ मन्दिरलाई विश्वास गरिन्छ र धर्तिको उर्जा सुद्धिकरणका लागि भने धार्के मन्दिरलाई विश्वास गर्न र शक्ति माग्न सकिने बिश्वास रहेको छ ।
हालै भोजपुरमा पनि शक्तिको पहिचान गरी मन्दिर निर्माण गर्न लागिएको श्रेष्ठले बताउनुभयो । यहाँ सद्गोरखनाथबाबा शिव मन्दिर बन्नुको कारण आत्याद्मिक शक्ति बगेर जाने ठाउँ भएकाले भोजपुरमा शक्ति स्टोर गर्नका लागि मन्दिर निर्माण गर्न लागिएको संयोजक श्रेष्ठले बताउनुभयो ।
भोजपुरमा रहेको शिद्धकाली मन्दिर गौरी आमा हो । आमा छ तर बाउ खैत ? यस कारणले पनि त्यहाँ सद्गुरुगोरखनाथ सिद्धबाबाको मन्दिर बनाउन लागिएको हो । यहाँ धेरै शक्तिहरु अनावश्यक बहिरहेकाले यस्को संरक्षण्का लागि भोजपुरमा यस मन्दि निर्माणको कारण रहेको छ । अर्को कुरा अहिले भोजपुर भनिएपनि पहिले सिद्धपुर रहेको भनाई छ । भोजपुर नेपालकै सबैभन्दा बढी रुद्राक्ष पाउने ठाउँ पनि हो । त्यहाँ चै रुद्रको आँसु भईमा खसेर रुद्रअक्ष बनेको र भोजपुर रुद्राक्षको खानी भनेर चिनिएको भन्ने विश्वा छ ।
भोजपुरमा बन्ने मन्दिर निर्माणको लागि केहि आर्थिक सहयोग प्रदेश सरकारले पनि गर्ने भएको छ । ३ करोड बढी लगानीमा मन्दिर निर्माण गरिने र त्यसको लागि सिल्यान्यास भईसकेको श्रेष्ठले बताउनुभयो ।
