Thursday, May 28News That Matters

भोली र पर्सी उपत्याका बाहिर जान दिने निर्णय रद्द

पूर्णपुष्टि, चैत २७ ।

कोरोना संक्रमणको उच्च जोखिम देखेपछि भोली र पर्सी उपत्याका बाहिर जान दिने निर्णय रद्द भएको छ । लकडाउनका कारण उपत्याकामा थुनिएको मानिसलाई बाहिर जान दिने निर्णयका लागि सरकारले छलफल गरेको थियो । सरकार यो निर्णयमा पुगेको खबर मुलधारका सञ्चारमाध्यमहरुमा आइसकेको अवस्थामा फेरी सरकारले जान दिने निर्णय रद्द गरेको जनाएको छ । यसरी उपत्याका बाहिर जान दिन उच्च जोखिम हुने ठहर गरेपछि सरकारले उक्त निर्णयलाई वदलेर अव जान नदिने निर्णय गरेको जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले उपत्याकाबाट बाहिर मानिस लैजान पर्याप्त भौतिक साधन नहुनुका साथै तयारी नरहेको बताउनु भएको छ । विना तयारी विना साधन पठाउन कोरोना संक्रमणको थप जोखिम हुने भएकाले कसैलाई पठाउन नसकिने बताउनुभएको छ ।