
पूर्णपुष्टि, १५ भदौ ।
भोली आईतबारदेखी कोशी प्रदेश स्तरीय डान्स च्याम्प प्रतियोगिताको लागि अडिसन सुरु हुने भएको छ । आयोजक भाईरस डान्स क्याम्पको प्रस्तुतीमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताका लागि प्रदेशका बिभिन्न जिल्लाहरुको बिभिन्न सहरहरुमा अडिसन हुने प्रतियोगिताका संयोजक कल्याण कार्कीले जनाए । कार्कीका अनुसार अडिसनको सुरुवात उदयपुरको रामपुरबाट हुने छ । कार्कीले भर्दौ १६ आईतबारका दिन रामपुरबाट प्रतियोगिताको अडिसन उद्घाटन हुने जनाए । त्यसैगरी १७ गते इटहरी, बिराटनगर र धरान, २० गते बेलवारी, उर्लावारी, २३ गते इलामको फिदिम र फिक्कल, २५ गते खोटाङको दिक्तेल, २२ गते झापाको बिर्तामोड र काकडभिट्टा, २७ गते उदयपुरको कटारी, २९ गते नेपालटार मुर्कुची, ३१ गते बेल्टार र असोज १ गते उदयपुरको बेल्टार बजारमा हुने आयोजक समितिले जनाए ।
भदौ १५ गतेबाट सुरु हुने भनिएको अडिसन प्राविधिक कारणबस एक दिन पछि सरेको थियो । प्रतियोगिताको उपाधिका लागि अडिसन, मेघा अडिसन, ग्राण्ड अडिसन, सेमिफाईनल र ग्राण्ड फाईनलका चरणहरु पार गर्दै कोशी प्रदेश डान्स च्याम्पको उपाधि दावेदा हुनु पर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु १,११,१११, द्वितीय पुरस्कार नगद रु ५५,५५५, तृतीय पुरस्कार नगद रु ३३,३३३, र सान्त्वना पुरस्कार नगद रु ८,८८८ रहेको छ ।
इच्छुक सहभागीहरूले फारम भर्न र अन्य जानकारीको लागि ५८११५६२०५५, ५८२०२३५८२० वा ५८०५३१४९०५ मा सम्पर्क गर्न सक्नेछन् । फारम भर्दा ५ प्रति पासपोर्ट साइजको फोटो र जन्मदर्ता वा नागरिकताको फोटोकपी अनिवार्य रूपमा आवश्यक पर्नेछ ।
