पूर्णपुष्टि, मंसिर २९
भ्रष्टचार विरुद्ध समचार लेखन गर्ने पत्रकारलाई २५ लाख पुरस्कार व्यवस्था गरिने चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेले जनाएका छन् । वाग्लेका अनुसार देशमा बढ्दो भ्रष्टचार र लापर्वाहीका कारण आर्थिक क्षेत्रमा थप चुनौती बढ्दै गएको भन्दै यसलाई रोक्न पत्रकारहरुलाई पुरस्कार सहित भ्रष्टचार विरुद्ध समचार लेख्न उत्साहित गर्ने जनाए । भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने वाग्ले बताउँछन् ।
भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने छ, “वाग्लेले भने । ‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन् ।
