
पूर्णपुष्टि, माघ १७ गते । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको एक प्रतिवेदन मार्फत नेपाल भ्रष्टाचारको ११०औं स्थानमा रहेको जनाएको छ।
नेपालको भ्रष्टचारमा केहि सुधार आएतापनि अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनमा बताएको साथै नेपाल भ्रष्टचारको व्याप्त मुलुकहरूको श्रेणीमा नै रहेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११०औं स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ। सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७औं स्थानमा थियो।
