
पूर्णपुष्टि, कार्तिक १७ । उदयपुर सिमेन्ट उद्याेग परिषरमा उद्योगका कर्मचारीहरुले आफ्नै परिश्रमबाट तयार गरेको बाबा विश्वकर्माको मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरकाे राष्ट्रिय गौरवको उद्योग भएकोले उद्योग पनि एक पर्यटकीय स्थल भएको छ।
उत्पादन क्षमता बढाएर आर्थिक सवलीकरण तर्फ उन्मुख हुने हो, उनले आफ्नो भिजन स्पष्ट पार्दै स्वच्छता र पारदर्शिता तर्फ उन्मुख भइ शुसासन कायम राख्ने आफ्नो अभियानमा पूर्ण रुपमा साथ दिन अधिकार प्राप्त अधिकारीहरुलाई निर्देशन समेत गरेका छन ।
अन्तर्राष्ट्रिय बजारमा कोइलाको बजार मूल्य आकासिएको छ, सकेसम्म मितव्ययी बनी न्यूनतम मूल्यमा उत्पादन गर्नु पनिको विकल्प खोज्न सकिन्छ कि ? भन्ने तर्फ लाग्नुपर्छ । हाम्रो देशमा रहेका सुकेर जाने बन पैदावर संकलन गरि बायो उर्जाको उत्पादन गर्ने उद्योगहरू खुलेका छन, ती उद्योगहरूलाई सरकारले प्रोत्साहन गरी कोइलाको विकल्प दिन सकिन्छ कि ? सरकारको ध्यानाकृष्ट गराउन चाहान्छु, श्री न्यौपानेले भने। उनले खुसी व्यक्त गर्दै यसमा संलग्न सबै कर्मचारीहरु र मन्दिर निर्माणमा संलग्न सबै कर्मचारीहरु मुलत: मेकानिकल टिम धन्यवादको पात्र हुनुहुन्छ, महाप्रबन्धक न्यौपानेले भने । अब सबै मिलेर हामी सबैको साझा मन्दिर यो उद्योगलाई पूनर्जीवन दिन जुटौं, उनले आग्रह गरेका छन्।
अन्तमा जिल्ला क्रिकेट संघ उदयपुरले आयोजना गरेको त्रियुगा T-20 क्रिकेट प्रतियोगितामा उदयपुर सिमेन्ट उद्योगले द्दितिय स्थान हासिल गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा उद्योगले खेलकुद मार्फत उद्योगको प्रवद्धनात्मक कार्यक्रमहरु अघि बढाउन आफ्नो ड्युटी नविगारी खेलकुदमा सक्रिय रही अन्य सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछु। श्री न्यौपानेले भन्नुभयो, वडादशै, शुभदिपावली र छठ पर्व लगायत आशन्न पर्वहरुको सन्दर्भमा उद्योगको तर्फवाट शुभकामना आदन प्रदान समेत सम्पन्न भएको छ
