
मोरङ, चैत्र २
मोरङबाट मदिरासहित एक जना भारतीय नागरिक पक्राउ परेको छ । भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिवलाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा –१ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग लेखिएको ३ सय मिली ग्रामको ५७ काटुन, पलपल लेखिएको ३ सय मिली ग्रामको ४० काटुन, सोफीका लेखिएको ३ सय मिली ग्रामको ३७ काटुन, हरपल लेखिएको ३ सय मिली ग्रामको १ सय ५२ काटुन र ३ सय मिलीग्रामको खुल्ला १ हजार ९ सय ९५ बोतल मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारितय नम्बर प्लेटको डब्ल्यू वी २० जेड १०८७ नम्बरको कार र ४ वटा मोटरसाईकल सहित रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
