Tuesday, April 21News That Matters

मनसुनी वायु देशभर फैलिंदै‚आज यी प्रदेशमा वर्षाको सम्भावना

पूर्णपुष्टि,जेष्ठ ३२ । बुधवार मनसुन नेपाल भित्रिएसँगै पूर्वी र मध्ये भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ।

आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भएको छ। बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ महशाखाले जनाएको छ । बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।