
पूर्णपुष्टि, चैत ८ गते ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक लाख मास्क किनेर लामो दूरीका चालक र सहचालकलाई माक्स वितरण गर्ने भएको छ ।
मन्त्रालयमा मन्त्री वसन्त नेम्वाङ, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाल, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र हिसान, व्यासन तथा एनब्यावसनलगायतका संस्थाका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रालयले साझा स्वास्थ्य सेवासँग एक लाख थान सर्जिकल मास्क खरिद गरेर शुक्रबार साँझदेखि गोंगबु बसपार्कबाट छुट्ने गाडीका चालक र सहचालकलाई वितरण गर्ने जनाईएको छ ।
आगामी चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउन रोक लगाउने भएकोले त्यती बेलासम्म घर जान चाहने यात्रुका लागि पर्याप्त गाडीको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको जनाईएको छ ।
