
पूर्णपुष्टि, चैत ८
मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । गतराति तीन वर्षका बालकको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ६ पुगेको हो ।
अरु दुई जना घाईतेको उपचार भइरहेको छ । सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि हिडेको ध १ ख ५९२ नम्बरको ट्रक हिजो दिउँसो मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर नासो गाउँपालिका–४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ का धनमान भनिने राजु विश्वकर्माको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
