Friday, May 15News That Matters

मलद्धार भित्र लागु औषध

उदयपुर, कात्तिक ७ गते । 

उदयपुरमा लागु औषधसहित एक जना पक्राउ परेको छ । मलद्धार भित्र लागु औषध लुकाई छिपाई ल्याउदै गरेका उमेश राई मंगलबार पक्राउ परेको हो ।

चौदण्डिगढी नगरपालिका– ७ निबासी ३४ वर्षीय राईलाई प्रहरीले चौनपा–४ को नमुनाबाट अवैध लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सप्तरीको फत्तेपुरबाट उदयपुरको बसाहा तर्फ पैदल आउदै गरेको राईलाई शंकास्पद अवस्थामा फेला पारी सोधपुछ र खानतलासी लिने क्रममा ट्राउजरको गोजीमा ३ वटा सिलप्याक सिरिन्ज र मलद्धार भित्र लुकाई छिपाई ल्याएका २० एम्पुल लागु औषध फेला पारेको प्रहरीले जनाएको छ ।

लागु औषधसहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलटारमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।