Wednesday, May 6News That Matters

मलिकाको दोश्रो फिल्म ‘पानी फोटो’

भदौ १५ गते ।

नायिका मलिका महत्तले अभिनय गरेको चलचित्र ‘यात्रा’ गतबर्ष मात्रै रिलिज भएको थियो । त्यसपछि मलिकाले कुन चलचित्र अभिनय गर्ला भन्ने चर्चा चलिरहेको बेला अर्को ‘पानी फोटो’ चलचित्रमा काम गर्ने पक्का भएको हो ।

खगेन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्रमा उनी अडिसनबाट नै छानिएकी हुन् । केही महिना अगाडि चलचित्रको घोषणा सभामा नायिकाको रुपमा मेनुका प्रधानको नाम मात्र अगाडि सारिएको थियो ।

चलचित्रका लागि एक जना कलाकार खोजिरहेका बेला अडिसनबाट मलिका फिट लागेपछि उनलाई लिएको निर्देशक लामिछानेले जनाएको छ । चलचित्रको छायांकन सुरु भएको छ ।

चलचित्र व्यापारिक रुपमा हिट नभएपनि मलिकाको कामको भने राम्रै तारिफ भएको थियो ।