Thursday, May 21News That Matters

मलेसियामा कोरोना सक्रमित २ जना नेपाली निको भए

पूर्णपुष्टि, बैशाख १२ गते । 

मलेसियामा कोरोना संक्रमित दुई जना नेपाली निको भएका छन् । अहिलेसम्म मलेसियामा तीन जना नेपाली श्रमिकमा कोरोना देखा परेपनि दुई जना निको भएको मलेसियाका लागी नेपाली दुतावासले जनाएको छ ।

तीन जना मध्ये एक जना संक्रमित अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको दुताबासले जनाएको छ ।

अहिलेसम्म मलेसियामा  पाँच हजार छ सय तीन जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये तीन हजार पाँच सय ४२ जना निको भएका छन् भने एक हजार नौ सय ६६ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट मलेसियामा ९५ जनाको मृत्यु भईसकेको छ ।