Monday, May 11News That Matters

मलेसियामा २ हप्ता थपियो ‘लकडाउन’

पूर्णपुष्टि, चैत २८ गते ।

मलेसियामा फेरी दुई हप्ता लकडाउनको समय थपिएको छ । यसअघि १८ मार्चदेखि १४ अप्रिलसम्म तोकेको लकडाउनको अवधि दुई हप्ता थपेको हो ।

दुई हप्ता थपेर आगामी २८ अप्रिलसम्म लकडाउन कायम रहने भएको छ । कोरोना सङ्क्रमण रोथामका लागि मलेसिया सरकारले मार्च १८ देखि नै लकडाउन जारी गरेको हो । मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।

लकडाउनको पालना गर्न दूतावासले आग्रह गरेको छ । भने अहिलेसम्म एक नेपालीलाई सङ्क्रमण देखिएको दूतावासले आधिकारीक जानकारी दिएको छ ।