
पूर्णपुष्टि,चैत्र २१ । सामाजिक संञ्जाज ट्विटरमा नयाँ लोगो परिवर्तन गरिएको छ । यस अघि नीलो चरा भएको लागोलाई हटाई एलोन मस्कले कुकुर राखेको हो ।
सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । एलोन मस्कले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेका छन् । गएको अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्वपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आउनुभएको छ । अकाउण्ट भेरिफाई अर्थात ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती, सिओलाई हटाउने लगायतका निर्णय गरेका मस्कले लोगो नै परिवर्तन गर्नुभएको हो ।
मस्कले आफ्नो ट्विटर ह्याण्डलमा एक तस्बिर९कार्टुन० राखेर यसबारे जानकारी पनि गराउनुभएको छ । चराको लोगो पुरानो भएकाले नयाँ लोगो प्रयोग गरिएको त्यो कार्टुनले देखाउँछ ।
