Sunday, June 14News That Matters

महत्वपुर्ण जिम्मेवारी बोकेका प्रहरीलाई न्युनतम पुर्वाधार दिन नसके ठुलो अपेक्षा राख्न नसकिने : मुख्यमन्त्री कार्की

पूर्णपुष्टि, जेठ ७ । नेपाल सरकारले, नेपाल प्रहरीलाई महत्वपुर्ण जिम्मेवारी सुम्पिएको हुँदा न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए यसबाट ठुलो अपेक्षा राख्न नसकिने कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बताउनु भएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र अन्य उच्च पदस्थ प्रहरीहरुको उपस्थितिमा वडा प्रहरी कार्यालय बिराटनगरको नव–निर्मित प्रहरी कार्यालय भवनको बिधिवत रुपमा उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन् । आवश्यक बजेट व्यवस्था गरेर प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधी मैत्री बनाउने, बिपद व्यवस्थापनका आवश्यक सामाग्री उपलब्ध गराउने योजना रहेको उनले बताए ।

प्रहरीको माध्यमबाट शान्तिसुरक्षा र सु–शासनमा प्रभावकारी भुमिकाको लागी प्रहरीकालाई चाहिने भौतिक पुर्वाधार देखी विभिन्न प्रकारका सेवा सुबिधाहरुको सम्बन्धमा आवश्यक सहयोग गरिने जनाए । हाल सालै स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण भएमा प्रहरी अस्पताललाई थप स्तरोन्नती गरी सुविधा सम्पन्न अस्पताल बनाउनका निम्ति प्रदेश सरकार प्रतिबिद्ध रहेको समेत बताउनु भयो ।