
पूर्णपुष्टि, फागुन २२
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना खोप सबैले ढुक्कका साथ लगाउन आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसले कसैलाई पनि आक्रमण गर्न सक्ने भएकोले यो अति आवश्यकीय खोपको रुपमा लगाउन सबैमा अनुरोध गरेको हो ।

कोरोना अझै पनि नियन्त्रणमा नआइएसकेको हुदा यसको नियन्त्रणको पहिलो पाटो नै खोप रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप लगाउँदा बिभिन्न असरहरु देखिने भन्ने भ्रमले कम मात्रामा मानिसहरुले खोपको प्रयोग गरिरहेको स्वास्थ्य कार्यालयल उदयपुरले जनाएको छ ।
कुनै पनि खोपले दिने प्रतिक्रिया असर नभई रियाक्सन हो भन्दै सामान्यतया खोप लगाएपछि त्यसले कुनै एक खालको प्रतिक्रिया दिन्छ तर त्यो असर नभई त्यसको सकरात्मक असर रहेको स्वास्थ्य कार्यालयले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।
खोपको असर थियो भने सायद मानिस अंग भंग हुन्थयोहोला तर लाखौँ मानिसहरु सामान्य खोपको प्रतिक्रिया सहेर पनि खोप प्रयोग गरिसकेको कार्यालयले बताएको छ ।
स्वास्थ्य कार्यालयको अनुसार खोप लगाइसकेपछि यसको समान्य असरहरु सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, आलस्यता हुने, कम्जोर महसुस हेने, जाडो हुने, थकान लाग्ने, टाउको दुख्ने, जिउ र जोर्नि दुख्ने, खोकी लाग्ने घाँटी दुख्ने लगायतका बिभिन्न लक्षण देखिने भएता पनि यो कुनै असर नभई खोपले दिने सकरात्मक प्रतिक्रिया ( रियाक्सन) रहेको बताएको छ ।
यसै कारण धेरै मानिसहरु कोरोना खोप लाउन डराईरहेको स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ । खोपले अन्य समस्या प्रजनन समस्यामा समेत असर पुराउने भ्रम फैलिएको तर यो सत्य नभएको कोरोना खोप सेक्टरमा अध्यानरत डा. सरु देवकोटाले जानकारी दिनुभयो । उहाँले यसले प्रजननमा कुनै असर नपुराउने हुनाले कसैलाई पनि भ्रम नपर्न अनुरोध गर्नुभयो । यो खोप १८ बर्ष भन्दा मुनिकाहरुलाई भने हान्न नमिल्ने उहाँले बताउनुभयो ।
बिषेशगरी अझै यो दिर्घ रोगिहरु र जेष्ठ नागरिकहरुले अनिवार्य रुपमा लगाउनु पर्ने स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जेष्ठ नागरिक र दिर्घ रोगिहरुलाई कोरोनाले तत्काल आक्रमण गर्ने हुँदा उनिहरुले यो बिषेशगरी लगाउनु पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयले अझै पनि कोरोना नियन्त्रण नआईसकेको पुष्टि गरेको छ । नेपालमा कोरोना चेक कम भएको कारण मात्र संक्रमण सँख्या कम देखिएको कार्यालयले बताए ।
कोरोनाको लक्षण समान्यतया १ देखि २ हप्ता सम्ममा पुष्टि हुने स्वास्थ्य कार्यालयको भनाई छ । दिर्घ रोगी र बृद्धा बृद्धहरुमा यसको चाँडै संक्रमण देखिने र अन्य सामान्य व्यक्तिहरुको हकमा भने संक्रमणको लक्षण देखाउन समय लाग्ने कार्यालयले बताए ।
कार्यालयले यस बाट बच्न सामाजिक दुरी, माक्स र सेनिटाईजरको निरन्तर प्रयोग हुनु पर्ने सुझाएको छ । हाल इन्डिया बाट प्राप्त कोरोना खोप कोभिसिल्ड भ्याक्सिन रहेको जनाइएको छ । यो बेलायतको अक्सफोर्ड युनिभर्सिटीको सुत्र अनुसार इन्डियाको सेरोन इन्सच्युट्युचले निर्माण गरेको जनाएको छ । कोरोना भ्याक्सिन उत्पादन गर्ने यो कम्पनी ५० औँ बर्ष पुरानो रहेको र बालबच्चाहरुलाई लगाईने डिपिडि खोप र गर्भवती महिलाहरुलाई लगाईने खोप पनि यसै कम्पनी बाट उत्पादन गरेको जनाइएको छ ।
यो भ्याक्सिनलाई नेपाल सरकारको औषधि बिभाग र डब्लुएचओले आकस्मिक प्रयोगका लागि मात्र दर्ता गरेको थियो । तर अहिले फेरी यसलाई डब्लुएचओले आधिकारिक रुपमै पुर्णता दिएर प्रयोगमा ल्याउन दर्ता गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो भ्याक्सिनले हाल सम्म नेपालमा कुनै पनि घम्भिर असरहरु नदेखाएको भन्दै यसलाई डब्लुएचओले आधिकारिक प्रयोगका लागि दर्ता गराएको हो । यस भ्याक्सिनलाई स्वास्थ्य बिज्ञहरुबाटै प्रयोगमा ल्याएको कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको प्रमुख समेत रहेर काम गर्नुभएको हाल कोशि अञ्चल अस्पतालमा कार्यरत ११ औँ तहका डा. चुम्बनलाल दास र स्वास्थ्य मन्त्रालयको बिषेशज्ञ १२ औँ तहका डाक्टर रोसन पोखरेलले पनि यो भ्याक्सिन प्रयोग गरी सबैमा भ्याक्सिन प्रयोगका लागि हौसाला बढाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिषेशज्ञहरुबाटै प्रयोग आएको भ्याक्सिनमा कुनै पनि संकाको बिषय नरहेको भन्दै सबैलाई प्रयोगको लागि स्वास्थ्य कार्यालय उदयपुरले अनुरोध गरेको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले खोप लगाउने कार्य निरन्तर रहेको बताउनु भयो । उहाँले पहिलो चरणको खोप स्वास्थ्यकर्मी, सरसफाईमा खट्ने व्यक्ति, संञ्चारकर्मी तथा जनप्रतिनिधिहरुलाई लगाइएको बताउनुभयो । २३ गचे बाट फेरी दोस्रो चरणको खोप जेष्ठ नागरिकहरुबाट लगाउन सुरु गरिने बताउनुभयो । स्वास्थ्य कार्यालयले भोली बाट जेष्ठ नागरिकहरुलाई लगाईने अवस्थामा खोपको कुनै असर भएमा तत्काल उपचारको व्यवस्था गरिएको सुवेदीले बताउनुभयो ।
त्यसको रियाक्सन नदेखिएला भन्न सकिन्न तर त्यस्तो भईहाले हामिले ठाउँठाउँमा उपचारको स्टेसन राखेका छौँ, त्यस्तो भएमा हामि तत्काल उपचार गर्छौ, सुवेदीले भन्नुभयो ।
प्रमुख सुवेदीले यो कोरोना संग लड्न सक्ने क्षमताको खोप भएकाले दिर्घ र जेष्ठ नागरिकहरुले लगाउनु पर्ने बताउनुभयो । उहाँले रोग सँग लड्न सक्ने क्षमता प्रदान गर्ने भएकाले यसले खासै असर नगर्ने कुरामा आशवादी रहेको उहाँले बताउनुभयो ।
“स्वास्थ्य, समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा” भन्ने मुल नाराका साथ स्वास्थ्य कार्यालय उदयपुरले कोरोना खोप अभियान अन्तर्गत संञ्चारकर्मीहरुको अभिमुखीकरण कार्यक्रमको आयोजना शनिवार गरेको थियो ।
