Tuesday, April 21News That Matters

महासंघद्धारा हेल्प डेक्स संचालन

पूर्णपुष्टि, बैशाख ७ गते ।

त्रियुगा नगरपालिका–६ माटिखोप सुनौलो टोल बोजेमा नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले हेल्प डेक्स संचालन गरेको छ ।

जिल्ला कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि स्थानीय युवाहरुको सहकार्यमा महासंघले कोरोना रोकथाम तथा सचेतना अभियाना आयोजना गरी हेल्प डेक्स संचालन गरेकोे हो ।

“स्वास्थ्यमा ध्यान दिऔं, कोरोना सक्रमण बाट बचौँ” भन्ने मुल नाराका साथ हेल्प डेक्स संचालन गरेको महासंघले जनाएको छ ।

अभियानमा स्थानियलाई स्वास्थ्य सम्बन्धी काउन्सिलिङ, अनावश्यक आबत जावतलाई रोकावट, अपरिचित ब्यक्तिलाइ गाउँ प्रबेशमा रोक, अत्यावश्यक कामका लागि जाँदा आउँदा पनि स्पष्ट कामको बिबरण खुलाउनु पर्ने लगायत सामाजिक दुरि बढाउने विषयमा हेल्प डेक्सबाट सचेतना गर्दै आएको महासंघले जनाएको छ ।