Monday, May 4News That Matters

महिलाहरुका लागि १५ दिने उद्घोषण तथा भाषणकला विकास सम्बन्धी तालिम सम्पन्न

पूर्णपुष्टि,जेष्ठ ३१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा महिला लक्षित १५ दिने उद्घोषण तथा भाषणकला विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । “हाम्रो परिकल्पना, समृद्ध दिप्रुङ चुइचुम्मा” भन्ने मुल नाराका साथ जेष्ठ १६ गते मंगलबार देखि सञ्चालन गरिएको तालिममा आज गाउँपालिका प्रमुख लोकेन्द्र राईको प्रमुख आतित्यतामा सम्पन्न भएको हो ।

समापन समारोहमा पालिका प्रमुख राईले तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नको लागि मद्धत पुर्याउने बताए । घर्यासी काममा व्यस्त महिलाहरुलाई तालिमले आफ्ना कुराहरु प्रष्ट राख्न र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने बताए । साथै यस्ता कार्यक्रमलाई पालिकाको आगामी बजेटबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रशिक्षक जनक ढुंगानाले कसरी अगाडी गएर आफना कुरा राख्ने, डर कसरी नियन्त्रण गर्ने, भाषणकला लगायतबारेमा निक्कै प्रभावकारी ढगँले सिकाएको भन्दै आफुहरुमा आत्माविश्वास बढेको बताए । कार्यक्रमको उद्देश्य भनेको नै महिलामा भएको क्षमता अभिवृद्धि गर्ने हो ।

गाउँपालिकाको कार्यक्रम सभाहलमा सामाजिक तथा आर्थिक विकास शाखा तथा महिला बालबालिका तथा समाज कल्याण इकाईको आयोजनामा सुरु भएको १५ दिने तालिममा बिभिन्न ३५ महिलाहरुको सकृय सहभागिता रहेको थियो । यस गाउँपाकिलाकामा जम्मा ७ वटा वडाहरु छन् ती मध्य ७ वटै वडाहरुबाट महिलाहरुले तालिममा सहभागिता जनाएका थिए । जस अन्तरगत प्रत्यक वडाहरुबाट ५ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो ।

१५ दिने तालिममा जनक प्रसाद ढुंगाना, अनलाईन मिडिया केन्द्र मिडिया प्रा.लि.का (प्रबन्ध निर्देशक) घनश्याम रिजाल र अनलाइन केन्द्र डटकमका (प्रधान सम्पादक) राज ढुंगानाले प्रशिक्षण गरेका थिए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, जिल्ला समन्वय समिति प्रमुख कला राई, अरुना थापा मगर साथै बिभिन्न वडाहरुका वडा अध्यक्ष जनप्रतिनिधिहरुहको उपस्थिति रहेको थियो ।