Tuesday, June 23News That Matters

महोत्तरीमा गोली हानी फरार अभियुक्त पक्राउ

पूर्णपुष्टि,चैत २७

महोत्तरीका औरही नगरपालिका–४ मा बर्दिवास नगरपालिका–१ का रोशन कोइरालामाथि गोली प्रहार गरी फरार अभियुक्त पक्राउ परेका छन् । चैत १८ गते गोली प्रहार गरी फरार भएका बर्दिबास नगरपालिका–३ का ३० वर्षीय सन्तोष यादव पक्राउ परेका हुन् ।

मोटरसाइकलमा घरतर्फ गइरहेका कोइरालाको हात र काखीमा दुई गोली लागेको थियो ।

यादवलाई विशेष सूचनाको आधारमा जलेश्वर नगरपालिका–१ बाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

यादवलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।