Tuesday, June 30News That Matters

माइक्रोको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

झापा, असोज १०

पाँचथरमा माईक्रोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट  मृत्यु भएको हो ।

हिजो राती सवा ९ बजे झापाको बिर्तामोड–५ मा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने माईक्रो र चालकलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।